नेपालगन्जबासीले आज बेलुकी दीप प्रज्वलन गर्दै


नेपालगन्जबासीले आज बेलुकी दीप प्रज्वलन गर्दै

नेपालगन्ज २३ वैशाख : कोभिड– १९ का कारण भयावह बनेको बाँकेमा बिहीबार (आज) बेलुकी नेपालगन्जबासीले दीप प्रज्वलन गर्दैछन् ।

कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरु सहित सबै आम नेपाली दाजुभाई दिदीबहिनीहरुको मनोबल बढाउन र दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको सामाजिक अभियन्ता एवम पत्रकार जयनारायण शाहले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले सेतोखरीसंग कुरागर्दै भने –‘आ–आफ्नै घरको मुलगेट, बरण्डा या घर परिसरमा दीयो, मैनबत्ती या बल्व बालेर कोरोना बिरुद्धको लडाईंमा सिंगो बाँके र सबै नेपाली एकजुट भएर दृढताका साथ उभिएका छौं भन्ने सन्देश प्रवाह गरौं । भन्दै नेपालगन्जबासीमाझ अपील समेत गरेकाछन् । यसले हामी सबैलाई सकारात्मक सन्देश दिनुका साथै सकारात्मक शक्ति प्रदान गर्नेभएकाले यो सकारात्मक कार्यमा सबैको साथ र एक्यबद्धताका लागि समेत शाहले आग्रह गरे ।

यसअघि हिजो बुधबार मात्रै बाँकेका सबै धर्मका धर्मगुरुहरुले आ–आफ्नो धार्मिक स्थलहरुमा एकसाथ विशेष पूजा अर्चना तथा प्रार्थना गरेका थिए ।