भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया, भयो स्वस्थ बच्चाको जन्म


भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया, भयो स्वस्थ बच्चाको जन्म

नेपालगन्ज २३ वैशाख : कोरोना भाइरस संक्रमित एक महिलाको भेरी अस्पताल नेपालगन्जमा पहिलोपटक सफल शल्यक्रिया गरिएकोछ ।

भेरी अस्पतालको चिकित्सक टोलीले कोरोना संक्रमित ती महिलाको सफल शल्यक्रिया गरि स्वस्थ बच्चा(छोरा)को जन्म भएकोछ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार अस्पतालका डाक्टर नवीन बुढाथोकी नेतृत्व गाईनो बिभागमा कार्यरत स्वास्थ्यकर्मीको सहकार्यमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरी बच्चा निकालिएको हो ।

बर्दिया बढैयाताल–१ बाट जटिल अवस्थामा आईपुगेकी कोभिड–१९ संक्रमित ती महिलाको शल्यक्रियाबाट आमा बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको शल्यक्रिया गरी प्रसुती गराईएको यो पहिलो पटक हो । यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संक्रमित महिलाको डेलिभरी गरिदैं आएकोछ ।

यसैबीच, बाँकेका दुई वटा प्रयोगशालामा गरिएको पीसिआर रिर्पोटमा थप २ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

कोहलपुर मेडिकल कलेजमा एक सय ९ जनाको परीक्षण गर्दा ८६ जनामा कोरोना पुष्टि भएको छ । बागेश्वरी ल्याबमा २ सय ८३ जनाको परीक्षण गर्दा एक सय ८७ जनालाई कोरोना देखिएको छ ।

सबैभन्दा धेरै जनाको स्वाब परीक्षण हुने गरेको भेरी अस्पतालको बिहीबारको रिपोर्ट बाहिर आइसकेको छैन । भने भारतबाट आउँदा नाकामा हुने एन्टिजिन जाँचको रिपोर्ट बाहिर ल्याइएको छैन ।

यी दुवै ठाउँको रिपोर्ट राती अबेरसम्ममा आउने बताइएको छ । बाँकेका अस्पतालमा ५ सय ७६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ५९ जना बिरामी रहेका छन् । भेन्टिलेटरमा १० जना बिरामी छन् ।