भेरी अस्पतालमा जडान भएको छैन अक्सिजन ट्याङ्क, जडान भएको झुठो प्रचार


भेरी अस्पतालमा जडान भएको छैन अक्सिजन ट्याङ्क, जडान भएको झुठो प्रचार

भेरी अस्पताल परिसरमा भुँइमा लडाएर राखिएको अक्सिजन ट्याङ्क । ट्याङ्क आइपुगेपनि लिक्विड अक्सिजन भारतले भित्र्याउन नदिएका कारण ट्याङ्क अहिलेसम्म जडान हुन सकेको छैन ।

 
 
नेपालगन्ज : भेरी अस्पतालमा अक्सिजन ट्याङ्क अहिलेसम्म जडान भएको छैन । सप्लायर्सले अक्सिजन ट्याङ्क ल्याइ पु¥याएपनि भारतबाट लिक्विड अक्सिजन आइनपुगेकाले ट्याङ्क ठड्याउने कार्य रोकिएको हो ।
 
सामाजिक संजाल फेसबुक र मिडियामा अक्सिजन ट्याङ्क भेरी अस्पतालमा जडान गरी ठड्याइ सकेको प्रचार गरिएपनि उक्त कुरा झुठो भएको अस्पताले जनाएको छ । ठेकेदार कम्पनीले ल्याइपु¥याएको अक्सिजन ट्याङ्क भेरी अस्पतालको परिसरमा भुँइमा लडाएर राखिएको छ । 
 
भेरी अस्पतालमा अक्सिजन ट्याङ्क जडान भएको भनि फेसबुक र संचारमाध्यममा भाइरल भएको तस्बिर अन्यत्रै ठाउँको (फेक फोटो) हो । 
 
भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले अक्सिजन ट्याङ्क भारतबाट आइपुगिसकेको तर जडान भने नभइसकेको जानकारी दिए । अस्पताल प्रमुख डा.थापाले भारतबाट लिक्विड अक्सिजन नेपाल भित्रिन नसक्दा ट्याङ्क जडान कार्य हुन नसकेको बताए ।
 
‘सबै तयारी पुरा भइसकेपनि बुलेट मार्फ ढुवानी हुने क्रायोजेनिक अक्सिजनको आयात निश्चित नभइसकेकाले सिस्टम जडान भने भइसकेको छैन ।’ भेरी अस्पतालको आधिकारीक पेजमा लेखिएको छ । 
 
भारतमा समेत अक्सिजनको माग अत्यन्त उच्च रहेकोले लिक्विड अक्सिजनको आपुर्ती सहज हुन नसकेको जानकारी आपुर्तीकर्ताबाट प्राप्त भएको पनि भेरी अस्पतालको फेसबुक पेजमा उल्लेख छ ।
 
भारतले लिक्विड अक्सिजन नेपाल ल्याउनमा रोक लगाएकाले कहिले लिक्वड अक्सिजन भित्रीन्छ र ट्याङ्क जडान हुन्छ भन्ने अनिश्चित रहेको छ । भारतले लिक्विड अक्सिजन भित्र्याउन नदिदा नेपालगन्ज मेडिकल कलेजमा अक्सिजनको अभाव हुन गइ बुधवार देखि नै कोरोनाका बिरामी भर्ना बन्द गरेको छ । मेडिकल कलेजमा पहिले देखि नै लिक्विड अक्सिजन ट्याङ्क रहेको छ ।

 

Kids Festival 2022
kanti aarogya hospital
add