रुपन्देही २४ वैशाख : बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ ।
नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।
तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो ।
समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले बताए ।
उनको भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा–गर्दै एम्बुलेन्समा सास गएको हो ।
यसअघि, बुटवलमा एक जना वडा सचिवको पनि यसै गरी ज्यान गएको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?