अस्पतालको शय्या नपाएर एम्बुलेन्समै जनप्रतिनिधीको मृत्यु


अस्पतालको शय्या नपाएर एम्बुलेन्समै जनप्रतिनिधीको मृत्यु

रुपन्देही २४ वैशाख : बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ ।

नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।

तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो ।

समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनको भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा–गर्दै एम्बुलेन्समा सास गएको हो ।

यसअघि, बुटवलमा एक जना वडा सचिवको पनि यसै गरी ज्यान गएको थियो ।