भेरी अस्पतालद्वारा दोषीमाथि कडा कारबाहीको माग


भेरी अस्पतालद्वारा दोषीमाथि कडा कारबाहीको माग

नेपालगन्ज २४ वैशाख : भेरी अस्पताल नेपालगन्जको इमरजेनसी विभागमा कार्यरत हेल्थ असिसेन्टमाथि भएको हातपातको घटनाप्रति खेद ब्यक्त गरेकोछ ।

भेरी अस्पताल विकास समितका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डाक्टर प्रकाश थापाले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग समेत गरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘कोरोना महामारीमा संक्रमित विरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि पटक–पटक अभद्र व्यवहार गर्दै चिकित्सकको लापरबाहीबाट संक्रमितको मृत्यु हुने गरेको आरो लगाउँदै अस्पतालमा कार्यरत कर्मचारीमाथि दुव्र्यवहार हुने गरेकोले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएकोछ ।’ अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको शुक्रबार बिहान अन्दाजी ८ः३० बजेतिर ३–४ जनाको समुहमा आएको अराजक ब्यक्तिहरुबाट कोभिड वार्डमा मृत्यु भएका विरामी हेर्न नआएको भन्दै अस्पतालको इमरेजेन्सीमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि उनीहरुले हातपात गरेको घटनाप्रति खेद ब्यक्त गर्दै निष्पक्ष छानविन गरि दोषीमाथि कडा कारबाहीको माग गर्दछौं ।’

कोभिड–१९ उपचारार्थ खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मनोवल बढाउनुको साटो मनोबल गिराउने कार्य भएकोले यसतर्फ सम्बन्धित निकायले समयमै सजगता अपनाई सुरक्षाको प्रबन्ध मिलाउन समेत विज्ञप्तीबाट माग गरिएकोछ ।