अस्पतालको शैयाबाट युवालाई सुचित गरेका ‘सुरज’ डुबे


अस्पतालको शैयाबाट युवालाई सुचित गरेका ‘सुरज’ डुबे

नेपालगन्ज २४ वैशाखः ‘अशिक्षा र बेरोजगारी’बाट ग्रसित युवाको समस्या समाधान तथा राज्यको साशनब्यवस्थामा परिर्वतन ल्याउने उद्देश्यका साथ सुरजराज मल्लले दुई वर्ष अघि नेपालगन्जको रामलिला मैदानमा युवाको भेला गरे ।

पछिल्लोपटक औपचारिकरुपमा उनी सार्वजनिक भएको यो पहिलो घटना थियो । त्यसो त उनी पर्दापछाडि रहेर समाजका विसंगति र समस्या समाधानका लागि खरो रुपमा उत्रिन्थे ।

उनी भन्थे ‘सुरज एक सोँच हो, बुझ्नलाई ईशारा काफी छ’ यो उनले थेगो युवामाझ प्रसिद्ध नै भइसकेको थियो । जिल्लाभरका युवा माझ कुनै न कुनै ढंगबाट तरङ्ग पैदा गर्दै चर्चित बनेका मल्ल सामाजिक विसंगति, कुरती र राज्य व्यवस्थाका विरुद्ध जनआवाज बोकेर युवालाई सुसोचित पारिरहन्थे ।

उनले भन्थे –‘हामी परिर्वतन चाहान्छौं । देशमा परिर्वतन नभएको भने होइन तर, ती परिर्वतनले आम नागरिक तथा युवालाई छुन सकेन । यस्ता थुप्रै ब्यवस्था र कुरीतीको पर्दाफास गर्दै नयाँ सोँचका साथ अभियान चलाइरहेको छु । सफल पनि हुनेछु । सबै युवा एकजुट हुुनुपर्छ ।’

Kids Festival 2022
kanti aarogya hospital

कोरोना भाइरस संक्रमणका कारण सुरजराज मल्लको शुक्रबार राती भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रमाम निधन भएकोछ । उनको पार्थिव शरिरको आजनै बाँकेको सिधनीयाघाट स्थित राप्ती नदि किनारमा दाहसंस्कार गरिएकोछ । भौतिकरुपमा मल्ल हामीमाझ नभएपनि सेतोखरीसंग दुईवर्ष अघि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकोछ ।

सेतोखरीसंग कुराकानीमा मल्लले भने –‘म कुनै राजनितिक पार्टी, धर्म र जात वा कुनै सम्प्रदायसंग जोडिएको छैन । देशका हजारौं लाखौं अशिक्षित र बेरोजगार युवाको आवाज बनेर उभिएकोछु ।’ उनले समाजका थुप्रै समस्यासंग लड्दै, जुद्ध्दै आउँदा अन्तमा अशिक्षा र बेरोजगारी नै देशका युवाहरुको मुख्य समस्या भएको निक्र्यौल गर्दै अभियानमा अग्रसर भएको बताए ।

उनी जहिले पनि संविधान र कानूनको दायारमा रहेर युवाका आवाज र समस्यालाई सम्बोधन गराउन अग्रसर हुन्थे । उनी आफ्ना कुरा यसरी प्रस्तुत गर्दथे उनका कुरालाई उपस्थित युवाले आत्मासाथ गर्लान वा के गर्लान त्योप्रति उनको खासै चासो हुदैनथ्यो तर, उनले बोल्ने र गर्ने कार्य महत्वपूर्ण हुन्थ्यो । उनको यही स्वभाव र दृढ संकल्पले थुप्रै युवा प्रभावित बने । जे भएपनि नयाँ युगको शुरुवात हुनेछ भन्ने आशाका साथ परिर्वतनको सम्बाहक बनेका मल्ल भन्थे–‘बुझ्नेलाई ईशारा काफी छ ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २२ निवासी युवा अभियानकर्ता सुरजराज मल्ल राप्ती सोनारी गाँउपालिका वडा नम्बर– ६ लक्ष्मीरामपुरका स्थायी बासिन्दा हुन् ।

सामाजिक गतिविधि र समस्यालाई नजिकबाट मनन गरिरहेका उनी समाजको विसंगति, विकृति र राज्यसंयन्त्रको गलत अभ्यासका विरुद्ध अभियान चलाउदै आएका थिए । मल्ल सधैं सकारात्म सोँचबाट समाज र देश परिर्वतन गर्न सकिन्छ भन्दै अभियानमा होमिन्थे ।

‘समाजको हितकालागि पृथक र नविन अभियान चलाउनेलाई सबैले गलत अर्थमा बुझ्दछन् । मलाई नी कुनै न कुनै स्वार्थले यो यसो गरिरहेको छ भनिरहेकाछन् । मेरो दायित्व र जिम्मेवारीलाई मनन गरेर अघि बढेको हुँ । म मलामी कमाउनलाई यो काम गरिरहेकोछु’ मल्लले आफ्नो कुरा निर्धक्कसंग राखे ।

देश परिर्वतन गर्न भन्दै शहरदेखि गाँउसम्म अभियान समेत चलाईरहेका छु । जिन्दगीमा थुप्रै उतारचढाव आए । मलाई थुप्रै अवसर र ललिपप पनि अघि सारियो । म विचलित भएन ।

जिल्लाको अतिबिकट राप्तीपारीका प्रत्येक घरमा पुगेर समाज बदल्न के गर्नुपर्छ युवा शक्ति के कसरी खर्चिनुपर्छ भन्दै सर्बसाधरणको कुरा सुन्दथे, बुझ्दथे । जनताको पीरमर्का र युवाको समस्यालाई समाधान गर्न अग्रसर युवा अभियानकर्ता मल्लले यो अभियान विगत ५ वर्षदेखि चलाउदै आएका थिए ।

गत चैत महिनामा सेतोखरीसंग आगामी योजनाका बारेमा छलफल र परामर्श गर्दै उनले भनेका थिए–‘नेपालगन्जको त्रिभुवन चोकमा एक/दुई महिना भित्र ठूलो र भब्य कार्यक्रम गर्ने योजनामा छु । यो कार्यक्रमले सिंगो देशमा एउटा तरङ्ग ल्याउनेछ । यसको तयारीमा लागिरहेकोछु ।’ तर, उनले आगामी योजनाका विषयमा के र कस्तो खालको कार्य गर्न खोजेका हुन् सस्पेन्समै राखे ।

सो बेला पनि समाज र देशप्रति चिन्ता र चासो राख्दै उनले देशको व्यवस्था र कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

कुनैपनि समुह, संस्थासंग आबद्ध नभएका मल्लले स्वस्फुर्त आफ्नो लगानीमा यी र यस्ता अभियान गर्दै आएका थिए । उनले गाँउमा चलाएको अभियानलाई मुर्तरुप दिनकै लागि नेपालगन्जको रामलीला मैदानमा युवाको भेला गरे ।

देश बदल्न नयाँ पुस्ताले सकारात्मक सोँच राख्नुपर्नेदेखि अरुलाई गाली गरेर नभई आफै परिर्वतन भएर नमुना बन्नपुर्ने उनको सोँच थियो ।

मल्ल कुनै दलप्रति आस्थावान छैनन् र दलप्रति आक्रोस पनि ब्यक्त गर्दैनन् । संविधान, नियम र कानूनको परिधिभित्र रहेर देश परिर्वतन गर्ने कुरालाई जोड दिन्छन् । तर, मल्लको त्यो अभियान गर्भमै सिमित रह्यो ।

उनी कोरोना संक्रमित हुदाँ पनि अस्पतालको शैयाबाट समाजका युवाका लागि सन्देश प्रवाह गरिरहे ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका थिए ‘केही समयदेखि म स्वयम कोरोनासंग पीडित छु । यो लागेपछि जे हुन्छ त्यो लागेपछि थाहा हुन्छ... थाहा न होस् भन्ने चाहाना छ भने समयमै ध्यायन पु¥याउनुहोस... कही तपाईको आँखा खुल्छन की तस्विरहरु देखेर... ज्यान प्यारो छ भने पूर्ण सावधानी अपनाउनुहोस्... मैले जस्तो हेलचेक्र्याई गरें... आज यो तस्विर जिवित के थाहा भोली स्वर्गीय हुन सक्छ ?’

उनले यस्तो पोष्ट सार्वजनिक गरेको दुईदिनपछि उनको उपचारका क्रममा निधन भयो ।