सरकारले अक्सिजन सिलिण्डर र रेम्डेसिभिर ल्याउन जहाज पठाउँदै


सरकारले अक्सिजन सिलिण्डर र रेम्डेसिभिर ल्याउन जहाज पठाउँदै

File Photo

नेपालगन्ज २५ वैशाख : स्वास्थ्य तथा जनसंखया मन्त्रालयले चिनबाट अक्सिजन सिलिण्डर र बंगलादेशबाट रेम्डेसिभिर ल्याउने भएकोछ ।

मन्त्रालयले बंगलादेशबाट ३५ हजार भायल रेम्डेसिभिर औषधी र चिनबाट ७ सय थान अक्सिजन सिलिण्डर तथा १० थान भेन्टिलेटर ल्याउने भएको छ ।

कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिरको अभाव हुने देखिएपछि मन्त्रालयले तुरुन्तै बंगलादेशबाट ल्याउने भएको हो ।

बंगलादेशबाट ३५ हजारमध्ये पहिलो चरणमा सोमबार १० हजार भायल ल्याइने बताइएकोछ । हिमालय एयरले बंगलादेशमा कमर्सियल फ्लाइट गर्दैछ । सोही उडानबाट मन्त्रालयले पहिलो चरणको रेम्डेसिभिर ल्याउने बताइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

सरकारसँग २७ हजार भायल रेम्डेसिभिर थियो । तर, अस्पतालहरूले जथाभावी प्रयोग गरेका कारण औषधी अभाव भएपछि दोस्रो चरणमा २० हजार र तेस्रो चरणमा पाँच हजार भायल रेम्डेसिभिर ल्याइन लागिएको हो ।

थप एक लाख ३० हजार भायल अनुमति जारी गरिने छ । सो अनुमतिअनुसार औषधी व्यवस्था विभागले रेम्डेसिभिरको खरिद र परिचालनको नेतृत्व गर्ने छ ।

यसैबीच, सरकारले तुरुन्तै चीनबाट अक्सिजन सिलिण्डर ल्याउन वाइडबडी जहाज चार्टर गर्ने भएको छ । बाँकी १८ हजार थान स्थलमार्गबाट ल्याइने बुझिएकोछ ।

वैशाख ३१ गते वाइडबडीले सात सय थान सिलिण्डर ल्याउनेछ । भने सोही वाइडबडीमा १० थान भेन्टिलेटर पनि नेपाल आउने बताइएकोछ ।

तीन साताभित्रै दुई हजार सिलिण्डर ल्याउने स्वास्थ्यको योजना छ । चीनबाट धेरै देशले सिलिण्डर लैजाने हुँदा त्यहाँको सप्लायर्सले समय मागेको बुझिएकोछ ।

स्वास्थ्यले २० हजार सिलिण्डर विश्व बैंक र २० हजार युनिसेफसँग मागेको छ । अहिले देशमा खड्किएको सिलिण्डरको अभाव टार्न स्वास्थ्य मन्त्रालय प्रयासरत भएपनि यसका लागि शुक्रबार मात्रै मापदण्ड बनाएर सिलिण्डर होल्ड भइरहेका ठाउँबाट फिर्ता ल्याउने प्रक्रिया थालिएको हो ।

अहिले मेडिकल क्षेत्रबाहेक उद्योगमा आठ हजार सिलिण्डर स्टक रहेको बुझिन आएको छ । हाइड्रो पावर, चिनी, चुरा, रोलिङ उद्योगलगायतमा सिलिण्डर प्रयोग हुने गरेका छन् ।