File Photo
नेपालगन्ज २५ वैशाख : कोरोना संक्रमित रानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ ।
स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पताल प्रशासनले जनाएकोछ ।
रानी कोमल कोरोना संक्रमण भएपछि वैशाख ७ गतेबाट नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन् ।
उनलाई श्वासप्रश्वासमा अत्यधिक समस्या देखिएपछि आइसियू भर्ना गरिएको थियो । आइसियूमा रहँदा कोमललाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको थियो ।
साधारण बेडमा सारिएपछि उनलाई प्रतिमिनेट पाँच लिटर अक्सिजन दिइरहेको अस्पताल प्रशासनले जनाएकोछ ।
आइसियूमा राखिएपछि कोमललाई प्लाज्मा थेरापीद्वारा उपचार गरिएको थियो ।
भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर फर्किएपछि राजा ज्ञानेन्द्र शाह, रानी कोमललाई कोरोना संक्रमण भएको थियो ।
राजा ज्ञानेन्द्र, रानी कोमलसँगै अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए । राजा ज्ञानेन्द्र र अधिराजकुमारी प्रेरणाको स्वास्थ्य अवस्था सामान्य छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?