अक्सिजन सिलिण्डरको खोजीमा नेपालगन्जका मेयर राणा


अक्सिजन सिलिण्डरको खोजीमा नेपालगन्जका मेयर राणा

नेपालगन्ज २५ वैशाख : नेपालगन्जमा रहेका आइसोलेसन र कोभिड –१९ अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्जमा मेयर डाक्टर धवलशम्शेर राणाले अक्सिजन सिलिण्डर खोजी सुरु गरेकाछन् ।

अस्पताल बाहेक अन्य काममा प्रयोग भएका सिलिण्डर डाक्टर राणाको पहलमा आईसोलेसन केन्द्रसम्म पुगेको छ ।

अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नेपालगन्जका मेयर राणाले शनिबार विहान औद्योगिक क्षेत्रमा राखिएका सिलिण्डर रामलिला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेसनमा केन्द्रमा बुझाएकाछन् ।

मेयर राणाका स्वकीय सचिव विरेन्द्र रावतका अनुसार शनिबार चारवटा सिलिण्डर आईसोलेसनमा जम्मा गरिएको छ । यो अभियान निरन्तर रहने रावतले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्ज उपमहानगरले रामलिला मैदान, वडा नम्बर–४ र ह्वाईटहाउसमा आईसोलेसन सञ्चालन गरेको छ ।