माईतीद्वारा ९६१ को उद्धार


माईतीद्वारा ९६१ को उद्धार

नेपालगन्ज : माईती नेपालले जमुनाहा नाकाबाट पछिल्लो एक बर्षको अवधिमा नौ सय ६१ महिलालाई उद्धार गरेको छ । जोखिम पुर्ण अवस्थामा रहेका उनीहरूलाई महिला वालवालिकालाई नेपाल-भारत सिमाना जमुनाहाबाट नेपाल प्रहरीको सहयोगमा उद्धार गरिएको माईती नेपाल नेपालगन्जका प्रमुख केशव कोइराला बताउँछन् ।

भारत तथा खाडी मुलुकबाट ७७ जना महिला तथा वालवालिकाको उद्धार गरिएको उनको भनाई छ । यस एक वर्षको अवधिमा ८ सय ५३ जनाको खोज तलास तथा उद्धारको निबेदन परेकोमा १ सय ४० जना फेला परेको उनी बताउँछन् । उनकाअनुसार घरेलु हिंसाका २७ वटा घटनामा परामर्श प्रदान गरिएको छ ।

चेलीबेटी बेचविखनबिरुद्ध सक्रिय माईती नेपालले २७ औं स्थापना दिवस विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी नेपालगन्जमा पनि मनाएको छ । ‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मुल नाराका साथ स्थापना भएको माईती नेपालको स्थापना दिवशको अवसरमा जनचेतना मुलक पोष्टर, पम्पलेटहरु टास्नुका साथै सुचना एवं चेतना मुलक सन्देशहरु वितरण, प्रशारण गरिएको छ ।

जस अन्तर्गत नेपाल भारत सिमाना जमुनाहा बोडर लगयतका बिभिन्न स्थानमा सडक अन्तरक्रिया गरिएको माईती नेपाल नेपालगन्जका केशव कोइरालाले बताए । नेपालका विभिन्न नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाको उद्धार, यौन एवं श्रम शोषणमा परेका महिला बालबालिकाको उद्धार, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगायतका सेवा प्रदान गर्दै आएको उनी बताउँछन् ।