‘पत्रकारलाई समस्या परे खबर गर्नुस्, सहयोग गर्न २४ सै घण्टा तयार छौं’ : अध्यक्ष भण्डारी


‘पत्रकारलाई समस्या परे खबर गर्नुस्, सहयोग गर्न २४ सै घण्टा तयार छौं’ : अध्यक्ष भण्डारी

नेपालगन्ज २६ वैशाख : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले पत्रकारलाई समस्या परे सहयोग गर्न २४ घण्टा तयार रहेको बताएकाछन् ।

महासंघ बाँकेका अध्यक्ष भण्डारीले बाँकेका पत्रकारहरुलाई आइपर्ने समस्या समाधानका लागि महासंघ संधै अग्रसर रहेको बताएका हुन् ।

उनले कोभिड–१९ संक्रमणका बेला समस्या परेका पत्रकारले जानकारी दिने बित्तिकै समाधानको पहल गरिने जनाउदै महासंघ तयारी अवस्थामा रहेको बताए । अध्यक्ष भण्डारीले महामारीमा महासंघ बाँके सबै पत्रकारको साथमा रहेको भन्दै सुरक्षित ढंगबाट समारचा रिर्पोटिङ्गमा खटिन समेत आग्रह गरे ।

यसैबीच, नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरको उपस्थितीमा शनिवार एक कार्यक्रमका बीच रौनियारले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

रौनियारले २५ प्याकेट सर्जिकल मास्क, ५० पिस सेनिटाइजर हस्तान्तरण गरेका हुन् । महासंघ बाँकेले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री संकलन गरी केही दिनमै वितरण गर्ने सचिव कमल डाँगीले जानकारी दिए ।