नेपालगन्ज २६ वैशाख : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले पत्रकारलाई समस्या परे सहयोग गर्न २४ घण्टा तयार रहेको बताएकाछन् ।
महासंघ बाँकेका अध्यक्ष भण्डारीले बाँकेका पत्रकारहरुलाई आइपर्ने समस्या समाधानका लागि महासंघ संधै अग्रसर रहेको बताएका हुन् ।
उनले कोभिड–१९ संक्रमणका बेला समस्या परेका पत्रकारले जानकारी दिने बित्तिकै समाधानको पहल गरिने जनाउदै महासंघ तयारी अवस्थामा रहेको बताए । अध्यक्ष भण्डारीले महामारीमा महासंघ बाँके सबै पत्रकारको साथमा रहेको भन्दै सुरक्षित ढंगबाट समारचा रिर्पोटिङ्गमा खटिन समेत आग्रह गरे ।
यसैबीच, नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरको उपस्थितीमा शनिवार एक कार्यक्रमका बीच रौनियारले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
रौनियारले २५ प्याकेट सर्जिकल मास्क, ५० पिस सेनिटाइजर हस्तान्तरण गरेका हुन् । महासंघ बाँकेले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री संकलन गरी केही दिनमै वितरण गर्ने सचिव कमल डाँगीले जानकारी दिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?