कोरोना संक्रमणबाट वडा सदस्य कसेराको मृत्यु


कोरोना संक्रमणबाट वडा सदस्य कसेराको मृत्यु

नेपालगन्ज २६ वैशाख : राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ६ का वडा सदस्य तारा कसेराको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ निवासी ४९ वर्षका उनको आईतबार दिउँसो भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले वडासदस्य कसेराको उपचारकै क्रममा मृत्यु भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना संक्रमित भइ भेरी अस्पतालमा उपचारका क्रममा वडा सदस्य कसेराको मृत्यु भयो,’ उनले भने । वडासदस्य कसेरा विगत एक सातादेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकोमा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।

‘उहाँ विगत १५/२० दिनदेखि बिरामी हुनुहुन्थ्यो, तर भेरी अस्पतालमा एक हप्तादेखि भर्ना हुनु भएको थियो,’ वडाध्यक्ष थारुले भने, ‘उहाँलाई सुगर र प्रेसरको समस्या पनि थियो ।’