देशभर ८८५० संक्रमित थपिदाँ चार हजार भन्दा बढी कोरोना मुक्त


देशभर ८८५० संक्रमित थपिदाँ चार हजार भन्दा बढी कोरोना मुक्त

नेपालगन्ज २६ वैशाख : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत २४ घण्टामा पीसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १८ हजार ७८७ जनाको पीसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको हो ।

कुल संक्रमितमध्ये हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । हाल ४१९ जना संक्रमित क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा देशभर ५२ जना कोरोना संक्रमितको निधन भएको छ । योसँगै नेपालमा ३ हजार ६८४ जना संक्रमितको निधन भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, नेपालमा एकैदिन चार हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोनामुक्त भएका हुन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ ।