नेपालगन्ज २६ वैशाख : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत २४ घण्टामा पीसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १८ हजार ७८७ जनाको पीसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको हो ।
कुल संक्रमितमध्ये हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । हाल ४१९ जना संक्रमित क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा देशभर ५२ जना कोरोना संक्रमितको निधन भएको छ । योसँगै नेपालमा ३ हजार ६८४ जना संक्रमितको निधन भएको छ ।
यसैबीच, नेपालमा एकैदिन चार हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोनामुक्त भएका हुन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?