महासंघ बाँकेले पत्रकारको उपचारमा सहयोग पुर्‍याउने, यस्तो छ तयारी


महासंघ बाँकेले पत्रकारको उपचारमा सहयोग पुर्‍याउने, यस्तो छ तयारी

नेपालगन्ज २६ वैशाख : नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सघाउने स्पष्ट पारेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) संक्रमणको दोस्रो लहरले नेपालगन्जमा बिकराल समस्या उत्पन्न गराएको भन्दै महासंघ बाँकेले दैनिक जसो संक्रमण र मृत्युको खबरले सबैलाई स्तब्ध पारेको उल्लेख गरेको छ ।

अध्यक्ष दामोदर भण्डारी र सचिव कमल डाँगीद्वारा जारी बिज्ञप्तीमा यस्तो परिस्थितीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको उल्लेख छ । आम नागरिकलाई सुसुचित गराउनका लागि यो संवेदनशील घडीमा पेशागत कर्म निर्वाहमा जुट्नु भएका सम्पूर्ण पत्रकारहरुप्रति हामी कृतज्ञ छौं । अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ ।

कोरोना संक्रमण भई उपचारार्थ सम्पूर्ण पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले बाँकेका सम्पुर्ण पत्रकारहरुको जिउज्यानको सुरक्षाको निम्ति नेपाल पत्रकार महासंघ बाँके निकै गम्भीर र चिन्तित् भएको जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना संक्रमण कसैलाई नहोस् भन्ने कामना गर्दै महासंघले यदि संक्रमण भएमा अस्पतालमा उपचार गराउन महासंघ लागि पर्ने सबैलाई विश्वस्त हुन अनुरोध गरेको छ । कोरोना बिरामीलाई अक्सिजन अत्यावश्यक पर्ने भएकोले महासंघ बाँके शाखाले जिल्लाका पत्रकारको लागि अक्सिजन तयारी अवस्थामा राखेको जनाएको छ । तसर्थ उपचारमा सहयोग पु¥याउन महासंघले कुनै कसर बाँकी नराख्ने महासंघको भनाई छ ।

महासंघले महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपील गरेको छ ।

आइसोलेसन स्थापना गर्ने बारे महासंघले पहिलेनै योजना बनाएको भएपनि भेरी अस्पतालका चिकित्सक, जिल्ला प्रशासन कार्यालय सबैसँग सल्लाह र सुझाव लिँदा अक्सिजन सहितको आइसोलेसनमा चिकित्सकको निगरानी हुनु पर्ने नत्र संभव नहुने भएकाले प्राविधिक कारणले महासंघले आइसोलेसन नबनाएको स्पष्ट पारेको छ ।
साथै, महासंघ कोरोना सक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ ।

कोरोना सक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराउँदै महासंघले यो विषम परिस्थितीमा बाँकेका सबै पत्रकारहरुको साथमा रहेको र जस्तोसुकै समस्या आइपरे पनि पूर्ण साथ र सहयोग गर्न अग्रसर भइरहने जनाएको छ । तसर्थ कुनै पनि समस्या आइलागे तत्काल जानकारी गराउन हार्दिक अपील गरेको छ । महासंघले साथै बाँकेमा प्रेस पास, प्रेस ज्याकेट दुरुपयोग भएकोदेखि पत्रकार आचांरसहिता बिपरितका काम भइरहेका भन्ने गुनासाहरु निरन्तर आइरहेकाले त्यस्ता कार्य नगर्न र नगराउन सबैलाई सचेत समेत अनुरोध गरेको छ ।

कोरोना महामारीले यहाँ नागरिक अक्सिजन सकिएको भन्दै अस्पतालले भर्ना समेत नलिरहेकोले कुनै पनि नागरिकलाई स्वास्थ्य उपचारबाट बञ्चित नगर्न र उपचारको सम्पुर्ण प्रबन्ध मिलाउन महासंघ बाँके सम्बन्धित निकायसँग आग्रह गर्दछ । आगामी दिनमा थप जटिल परिस्थिती आउन नदिन सरोकारवाला पक्षलाई गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरी नागरिकको जीवनरक्षा गर्न जोडदार माग गरिएको छ ।