नेपालगन्ज २७ वैशाख : राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
गत वर्ष झैं यसवर्ष पनि एसईई र कक्षा १२ को परीक्षाका समयमा कोरोना भाइरस संक्रमणको तिव्र लहर चलेपछि परीक्षा स्थगित भएको हो ।
बोर्डका अनुसार यस वर्षको एसईई जेठ १३ र कक्षा १२ को परीक्षा २६ गतेबाट गर्ने तयारी थियो । बोर्डका अनुसार अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको छ ।
अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको छ ।
स्थगित भएको परीक्षा अब कहिले र पछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल हुनेछ ।