नेपालगन्ज २७ वैशाख : कोरोना भाइरस संक्रमणकाबीच बर्दियाका तरुण नेता एबम नेपाल डिष्टिलरिज प्रालि रिजनल म्यानेजर विवेकराज भण्डारीले माक्स र सेनिटाइजर हस्तान्तरण गरेकाकछन् ।
भण्डारीले जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँके शाखालाई उक्त माक्स र सेनिटाइजर प्रदान गरेका हुन् ।
तरुण नेता भण्डारीले जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्का, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली खड्का र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उक्त स्वास्थ्य सामाग्री माक्स र सेनिटाइजर प्रदान गरेका हुन् ।
उनले जिल्ला प्रहरी कार्यालय बाँकेलाई १५० थान एन–९५ माक्स र ५० पीस सेनिटाइजर प्रदान गरे । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जलाई ५० थान एन–९५ माक्स र १३ थान सेनिटाइजर प्रदान गरे ।
यस्तै पत्रकार महासंघलाई एक सय थान माक्स र २५ थान सेनिटाइजर प्रदान गरेका हुन् ।
कोरोना भाइरस संक्रमणकाबीच प्रहरी र पत्रकारका लागि आवश्यक पर्ने स्वास्थ्य सम्बन्धि उक्त सामाग्री प्रदान गरेका हुन् । उनले सामाग्री प्रदान पश्चात सेतोखरीसंग कुरा गर्दै भने–‘मैले ब्यक्तिगतरुपमा सक्दो सहयोग गरेकोछु । यो सानो सहयोगले केही भएपनि कोरोना भाइरस संक्रमणको जोखिममा वहाँहरुलाई सहज हुनेछ ।’
उनले यस्तो महामारीमा सबैले आफूले सक्दो सहयोग गर्नुपर्ने बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?