नेपालगन्ज २७ वैशाख : तिव्रारुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा अवधि थप गरेकोछ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएपछि गत वैशाख ९ पहिलोपटक बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्र लकडाउन जारी गरिएको थियो । एक हप्ताका लागि जारी गरिएको उक्त लकडाउनकै अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि दोस्रो पटकमा जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।
सो अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख २७ गते (आज) सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । तेस्रो चरणमा बढाइएको निषेधाज्ञाको अवधि आज राती १२ बजेबाट सकिदै गर्दा जिल्लामा कोरोना संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पुनः निषेधाज्ञाको अवधि बढाइएको छ ।
जिल्ला प्रशासान कार्यालय बाँकेले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी जेठ ३ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी आदेशमा उक्त कुरा उल्लेखछ । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गरिएकोछ ।
जिल्ला प्रशासन कार्यालयको यस्तो आदेश अवेज्ञा गर्ने वा काममा बाधा पु¥याउनेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय ऐन २०२८ बमोजिम कारबाही गरिने प्रजिअ गेलालले जानकारी दिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?