नेपालगन्ज २७ वैशाख : बाँकेमा हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएकाछन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको कुल एक हजार एक सय ७ नमुना परीक्षणमा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
फोकल पर्शन ओलीका अनुसार आज भेटिएका संक्रमित संख्या हालसम्मकै उच्च हो । आज भेटिएक संक्रमितमध्ये बाँकेका मात्रै २५० जना महिला र ३२१ जना पुरुष गरी ५७१ जना छन् । भने बाहिरी जिल्लाका १२० जना महिला र १५२ जना पुरुष गरी २७२ जना संक्रमित भएका छन् ।
बाँकेको भेरी अस्पताल ल्याबमा ४२२ नमुना परीक्षण गर्दा ३५३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा ४३१ नमुना परीक्षण गर्दा ३३० जना र बागेश्वरी ल्याबमा २५४ जनाको परीक्षण गर्दा १६० जना गरि कुल ८४३ जनामा संक्रमण पुष्टि भएको हो ।
केन्द्रका अनुसार यो समाचार तयार पार्दासम्म हालसम्म बाँकेका १९२ जना र बाँके बाहिरका १४९ गरि कुल ३३४ जनाको मृत्यु भइसकेकोछ ।