नेपालगन्ज २७ वैशाख : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभर १७ हजार ६२३ जनाको पीसिआर र ७८८ जनाको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षण गरी कुल १८ हजार ४११ जनाको परीक्षण गर्दा थप ९ हजार २७१ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन् । हाल ४२७ जना संक्रमित क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३९ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो । यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।
तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?