बाँके जिल्लासहित ७१ जिल्लामा निषेधाज्ञा

यी नाकाबाट नेपाल प्रवेश गर्न पाइन्छ


बाँके जिल्लासहित ७१ जिल्लामा निषेधाज्ञा

File Photo

नेपालगन्ज २८ वैशाख : बाँके जिल्लासहित देशका ७१ जिल्लामा निषेधाज्ञा लगाइएकोछ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको हो । मंगलबार बिहान १० बजेसम्म बाँके सहित ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

केही जिल्लामा निश्चित क्षेत्र र अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि हाल निषेधाज्ञा लागु भएका जिल्लाहरु यसप्रकार रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु र लमजुङ ।

यसैबीच सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको हो ।

हवाई मार्गबाट आउन सम्भव नभएका नेपालीहरुलाई नेपाल फर्किन सहज होस् भनेर सरकारले स्थलमार्गबाट पनि नेपाल आउने बाटो खोलेको हो । सुदूरपश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने भएको छ ।

यस्तै, बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ । सीसीएमसीको निर्णय अनुसार नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरुको नाम यी हुन् ।

१. पुलाघाट – दार्चुला
२. झुलाघाट – बैतडी
३. गड््डा चौकी – कञ्चनपुर
४. गौरीफन्टा – कैलाली
५. जमुनाह – बाँके
६. कृष्णनगर –कपिलवस्तु
७. बेलहिया – रुपन्देही
८. वीरगञ्ज – पर्सा
९. गौर – रौतहट
१०. भित्तामोड –धनुषा
११.जोगबनी – मोरङ
१२. काँकडभिट्टा – झापा
१३. पशुपति नगर – ईलाम