नेपालगन्ज २८ वैशाख : नेपाल विद्यार्थी संघ शारदा नगरसमितिका सभापति युवा नेता तथा ठकुरी सहयोग सञ्जाल सल्यानका अध्यक्ष अभिषेक हमालले मास्क तथा सेनिटाइजर सहयोग गरेकाछन् ।
युवा नेता हमालले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल सल्यानलाई मास्क र सेनिटाइजर प्रदान गरेका हुन् ।
कोरोना भाइरस महामारीका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेविसंघ युवा नेता हमालले एक हजार थान मास्क र ५० थान सेनिटाइजर जिल्ला अस्पताल सल्यानलाई सहयोग गरेको बताए ।
उनले सेतोखरीसंग कुरा गर्दै भने –‘कोरोना संक्रमणका बेला जन्मदिनमा खर्च हुने रकमलाई जनसेवामा खर्चिएको हुँ । एकातिर रकमको सदुपयोग भएको छ भने अरुलाई पनि यो कार्यले प्रेरणा प्रदान गर्नेछ ।’
नेता हमालले प्रत्येक वर्ष आफ्नो जन्मदिनको अवसरमा केही न केही सामाजिक कार्य गर्दै आएको बताउँदै जिल्लामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?