File Photo
नेपालगन्ज २८ वैशाख : कोरोना संक्रमित राजा ज्ञानेन्द्र शाहले कोरोनालाई जितेकाछन् ।
कोरोना संक्रमित भई नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत राजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि राजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।
स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका राजा ज्ञानेन्द्रलाई अक्सिजन दिन छाडिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
यसैगरी, रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार आइरहेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको अवस्थामा सुधार भएपछि केही दिनअघि आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?