नेपालगन्ज २८ वैशाख : कोभिड–१९ प्रतिकार्यका लागि बास नेपाल, गैसस महासँघ बाँके शाखा र नेपलिज अमेरीकन च्याम्बर अफ कमर्स, डल्लास टेक्ससले संयुक्त रुपमा आज डिसिसिएमसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
डिसिसिएमसी बाँकेका संयोजक एवम प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा ५ लाख ८५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
यसरी हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा २० हजार थान मास्क, ५ हजार ग्लोब्स, १ सय वटा स्यानिटाईजर, १ सय २५ सेट पीपिई र ५० वटा अक्सिमिटर रहेका छन् ।
बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलाललाई सहयोग विवरण सहितको पत्र हस्तान्तरण बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।
यसैगरी अक्सिमिटर हस्तान्तरणमा नेपलिज अमेरीकन च्याम्बर अफ कमर्स, डल्लास टेक्ससका प्रतिनिधि अनु ओली, गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह र बासका निर्वतमान अध्यक्ष मन भण्डारीले उक्त स्वास्थ्य सामाग्री संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
सामाग्री ग्रहण पश्चात प्रमुख जिल्ला अधिकारी गेलालले स्वास्थ्य सामाग्री सहयोग गर्ने संस्थाहरुलाई धन्यबाद दिदैं पारदर्शिरुपमा यसको प्रयोग गर्ने बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?