भेरी अस्पताल र विद्यालयलाई सरसफाई सामग्री प्रदान


भेरी अस्पताल र विद्यालयलाई सरसफाई सामग्री प्रदान

नेपालगन्ज २८ वैशाख : नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले भेरी अस्पताल र विद्यालयलाई सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, जिआइजेड नेपालको साझेदारीमा र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सञ्चालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा सामग्री दिएको हो ।

भेरी अस्पताल नेपालगन्जलाई सेन्सर सेनिटाइजर मेसिन ३ सेट र सेनिटाइजर ५० जार अस्पातलका मेडिकल सुपरिटेन्डेण्ड डाक्टर प्रकाश थापालाई नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

यसैगरी सरस्वती प्राथमिक विद्यालय बाँके गाउँ र धम्बोझी मावि, मंगल प्रसाद उमावि, सरस्वती उमावि र बागेश्वरी आधारभूत विद्यालयलाईसेन्सर सेनिटाइजर मेसिन, सेनिटाइजर, कोलिन, साबुन, डास्विन लगायत १२ किसिमको सरसफाई सामग्री हस्तान्तरण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापा, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यक्रम व्यवस्थापक दोलखबहादुर डाँगी, धम्बोझी उमाविका प्रधानाध्यापक वामदेव सुवेदी, सरस्वती प्राविका प्रधानाध्यापक सरलादेवी आर्चाय लगायतको उपस्थिति रहेको थियो ।