नेपालगन्ज २८ वैशाख : सर्वोच्च अदालतले सरकारलाई तत्काल कोरोना विरामीको उपचार र अक्सिजन व्यवस्थापनका लागि आदेश दिएको छ ।
कोरोना महामारीका बेला अक्सिजन तथा उचित उपचार नपाइरहेका बेला सर्वोच्च अदालतले अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी हो ।
सर्वोच्चले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएको र उपचारका लागि अस्पताल र अक्सिजनको कमिका कारण दैनिक रुपमा नागरिकले ज्यान गुमाएको भन्दै सरकारका नाममा न्यायाधीश बमकुमार श्रेष्ठको ईजलाशले यस्तो आदेश गरेका हो ।
सर्वोच्चको आदेशमा निवेदकले माग गरिएको विषय मानिसको जीवनसँग तत्काल प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले आवश्यक औषधि र अक्सिजनको आपूर्तिको समस्या समाधान गर्न सरकारलाई भनेको छ ।
सर्वोच्चले सरकारलाई देशभरका अस्पताल र अक्सिजन अभावका बारेमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेका छ ।
‘संक्रमित व्यक्तिहरुको दिनदिनै बढ्दै गइरहेको संख्याहरुलाई मध्यनजर गर्दै उपचारमा कसैले विमुख नहुन नपरोस् भन्नका लागि थप साधनयुक्त अस्पताल सञ्चालन गराउने तर्फ आवश्यक पहल गर्नु’ आदेशमा भनिएको छ ‘अक्सिजनको सहज आपूर्ति तत्काल गर्न र नागरिकको जीवनसँग प्रत्यक्ष सम्वन्ध राख्ने यी कुरालाई सम्वन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरि एउटा कार्य समितिको निर्माण गरि समास्याको समाधान प्रभावकारीरुपमा गर्नु गराउनू ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?