नेपालगन्ज २९ वैशाख : कोरोना भाइरस संक्रमणको अवस्था भयाबह बन्दै गएपछि नेपाल चिकित्सक संघले देशभर ‘रेड अर्लट’ घोषणा गरेको छ ।
संघले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै ‘रेड अर्लट’ घोषणा गरेको हो ।
दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ ।
राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघको अपील छ ।
कोरोना महामारीको समयमा सबै एक भएर जुट्न पनि संघको अपील छ ।
यसैबीच, कोरोना संक्रमणलाई मध्यनजर गर्दै सिसिएमसीले अघि सारेको ‘स्वास्थ्य संकटकाल’ घोषणा हुन सकेको छैन । देशको राजनीति कोरोना भाइरस संक्रमण नियन्त्रण भन्दा पनि नयाँ सरकार गठन लगायतका राजनीतिक खेलमा उल्झिएपछि यस्तो समस्या आएकोहो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?