बाँकेमा कोरोनाबाट प्रत्येक डेढ घण्टामा एक जनाको मृत्यु


बाँकेमा कोरोनाबाट प्रत्येक डेढ घण्टामा एक जनाको मृत्यु

 
नेपालगन्ज : बाँके जिल्लामा प्रत्येक दिन कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दो छ । हरेक दिन कोरोनाको मृत्युको तथ्यांकले रेकर्ड कायम गरिरहेको छ । स्थिती भयावह बनेको छ । जिल्लामा संक्रमितको संख्या पनि बढिरहेको छ भने मृत्युको संख्या त्यो भन्दा बढ्दो छ ।
 
डिसिसिएमसी बाँकेका फोकल पर्सन तेज वलीका अनुसार, दैनिक मृत्युदर बढ्दो छ । विगत २ दिनदेखि कोरोनाबाट मृत्यु हुनेको दर उच्च हुँदै गइरहेको छ ।
 
फोकल पर्सन वलीले बुधवार २४ घण्टामा बाँके जिल्लामा १६ जनाको मृत्यु भएको जानकारी दिए । यो तथ्यांक अनुसार, जिल्लामा प्रत्येक डेढ घण्टा (१ घण्टा ३० मिनेट) मा एक जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ । गत मंगलबार बाँकेमा कोरोनाबाट १७ जनाको मृत्यु भएको थियो ।
 
कोरोनाबाट मृत्यु भएको यो तथ्यांक अस्पतालको मात्र हो । अस्पताल पुग्न नसकेर घरमै मृत्यु भएको र पिसिआर जाँच नगराउँदै मृत्यु भएको समाबेस गराउने हो भने त तथ्यांक अझै माथि पुग्छ ।
 
नेपालगन्जमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा कोरोना बिरामीको उपचार भइरहेको छ । कोरोनाबाट दैनिक मृत्युको संख्या बढ्नुले यी दुवै अस्पतालको उपचार पद्धतीमाथि प्रश्न खडा भएको छ । 
 
Kanti Aarogya Hospital Nepalgunj