जनतामा धैर्यता सकियो : माग्ने बुढा


जनतामा धैर्यता सकियो : माग्ने बुढा

नेपालगन्ज ३० वैशाख : हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले जनतामा धैर्य सकिएको बताएका छन् ।

कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउनु पर्ने बताइरहेका बेला अस्पतालहरुले अक्सिजनको अभावका कारण अब बिरामी भर्ना लिन नसकिने बताइरहेका बेला कलाकार घिमिरेले जनताको धैर्यता सकिएको बताएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

घिमिरे सामाजिक सञ्जाल फेसबुकमा घिमिरे लेख्छन्–‘अस्पतालमा अक्सिजन सकियो । नेतामा विवेक सकियो । जनतामा धैर्यता सकियो ।’

अस्पतालहरुले अब बिरामी भर्ना लिन नसकिने बताएपछि नागरिकले सरकारले चर्को आलोचना गर्दै आएका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेका खबरहरु आइरहेका छन् ।