नेपालगन्ज ३० वैशाख : नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको छ ।
चारजना महिला र १० जना पुरुषलाई राख्न सकिने गरि १४ सइयाको अस्थाई आईसोलेसन तयार गरिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिए ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बिहीबार वडा कार्यालयमा आईसोलेसनको उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख राणाले कोभिड संक्रमण अन्त्य हुने निश्चित नभएका कारण भविष्यमा आईपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारी गर्नुपर्ने बताए ।
उनले वडा कार्यालयमा आईसोलेसन भएपछि वडाबासीलाई सहज हुने बताए । वडाअध्यक्ष सुवेदीका अनुसार भाडामा बस्ने र घरमा आईसोलेसनको सहज व्यवस्था हुन नसक्नेहरुका लागि लक्षित गरि आईसोलेसन तयार गरिएको हो ।
केहीदिनमा चिकित्सक र औषधी सहितको घरदैलो अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
नेपालगन्जमा यसअघि वडा नम्बर–४ ले दुईजना चिकित्सकसहित १० शय्याको आईसोलेसन सञ्चालन गरिरहेको छ ।
उप–महानगरपालिकाले ह्वाईटहाउस र रामलिला मैदानमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ ।
वडाहरुमा चिकित्सक सहितको घरदैलो र सेनिटाईजर गर्ने कार्य चलिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?