File Photo
नेपालगन्ज ३० वैशाख : बाँकेमा एकैदिन ६२१ जनाले कोरोना संक्रमण जितेका छन् ।
जिल्लाका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा होम आइसोलेसन रही उपचाररत ६२१ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना जित्नेमा २९१ महिला र ३३० पुरुष रहेकाछन् । योसहित बाँकेमा हालसम्म ४४५५ महिला र ६३९४ जना पुरुष गरि जम्मा १० हजार ८ सय ४९ रहेकोछ ।
केन्द्रका अनुसार बिहीबार यो समाचार तयार पार्दासम्म नेपालगन्ज मेडिकल कलेजमा एक सय जना र बागेश्वरी ल्याबमा एक सय ३५ जना गरि थप २३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये बाँके जिल्लाको मात्रै एक सय २९ जना रहेकाछन् । भने भेरी अस्पतालको पीसीआर ल्याबको रिर्पोट अझै सार्वजनिक भएको छैन ।
हालसम्म कोरोना भाइरस संक्रमणका कारण बाँकेका मात्रै २१७ र बाँके बाहिरका १६४ जना गरि ३८१ जनाको ज्यान गइसकेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?