बाँकेको कुन अस्पताल र आइसोलेसनमा कति विरामी उपचाररत (विवरणसहित)


बाँकेको कुन अस्पताल र आइसोलेसनमा कति विरामी उपचाररत (विवरणसहित)

नेपालगन्ज ३० वैशाख : कोरोना भाइरस संक्रमणका कारण यतिबेला बाँके जिल्लामा रहेका अस्पताल तथा आइसोलेसन वार्डहरु भरिभराउ छन् ।

खचाखच भरिएका कोरोना संक्रमितका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले थप विरामी भर्ना नगर्ने बताइसकेकोछ । भने भेरी अस्पताल संक्रमितले भरिएपछि अस्पताल प्रङ्गणमै पाल टाँगेर विरामीको उपचार भइरहेकोछ ।

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँके जिल्लामा दुई अस्पतालसहित पालिका तहमा निर्माण गरिएको आइसोलेसन वार्डमा जम्मा ५३५ जना संक्रमित उपचाररत रहेकाछन् । दुई अस्पताल र ८ वटा पालिका तहमा निर्माण गरिएको आइसोलेसनको बेड क्षमता ८०१ रहेता पनि हालसम्म ५३५ जना मात्र रहेको पाइएकोछ ।

जसमध्ये आइसियुसहितको बेड १५४, भेन्टिलेटरसहितको बेड २४ र अक्सिजनसहितको बेड ५०२ रहेकाछन् । १२१ साधारण बेड रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रको तथ्यांक अनुसार सबैभन्दा बढि विरामी भेरी अस्पतालमा रहेकाछन् । जहाँ १०६ महिला र १४६ पुरुष गरि २५२ जना उपचाररत रहेकाछन् । जसमध्ये ६० जनालाई आइसीयु, १० जनालाई भेन्टिलेटर र दुई सय जनालाई अक्सिजन सहित उपचार भइरहेकोछ ।

यस्तै नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरि १४६ जना संक्रमित उपचाररत रहेकाछन् । केन्द्रको सूचना अनुसार म मेडिकल कलेज नेपालगन्जमा ३० जना आइसीयुमा, १२ जना भेन्टिलेटरमा र ३० जनालाई अक्सिजन सहित ८ महिला र ९ पूरष गरि १७ जना तथा मेडिकल कलेज कोहलपुरमा ६४ जनालाई आइसीयुमा, २ जना भेन्टिलेटरमा र एक सय जनालाई अक्सिजनसहित ५२ महिला र ७७ पुरुषसहित १२९ जना उपचाररत रहेकाछन् ।

यता पालिका तहमा निर्माण गरिएको आईसोलेसन सेन्टरमा सबैभन्दा बढि नेपालगन्जले निर्माण गरेकोछ । नेपालगन्जमको होटल इन्द्रेणीमा ८ जना पुरुष, होटल ह्वाइट हाउसमा ४ महिला र १४ पुरुष, वडानम्बर ४ को आइसोलेसनमा ४ महिला र ६ पूरुष, नारी विकास केन्द्रको आइसोलेसनमा ६ महिला र ६ पुरुष गरि कुल १४ महिला तथा ३४ पूरुष गरि जम्मा ४८ जना उपचाररत रहेकाछन् । यसमध्ये ४० जनाको अक्सिजन सहित उपचार भइरहेकोछ ।

यस्तै कृषि विकास तालिम केन्द्र पिपरीको आइसोलेसनमा ४ महिला र १४ पुरुष, योग तथा प्राकृतिक चिकित्सालयमा ५ महला र ११ पुरुष गरि जम्मा ३४ जना उपचाररत रहेकाछन् । यी सबैलाई कोहलपुर नगरपालिकाले अक्सिजन सहित उपचार दिइरहेकोछ ।

यसैगरि बैजनाथ गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनकटवाको आइसोलेसनमा २ महिला र ११ पुरुष गरि जम्मा १३ जनाले उपचार पाइरहेकाछन् ।
खजुरा गाउँपालिकाको राधापुर स्वास्थ्य चौकीमा १ महिला र ३ पुरुष, जनकशिक्षा सामाग्री केन्द्रको छापाखानामा ६ महिला र १२ पुरुष गरि जम्मा २२ जनाको अक्सिजनसहित उपचार भइरहेकोछ ।

जानकी गाउँपालिकाको खुला कारागार गनापुरको आइसोलेसनमा ६ महिला र ४ पुरुष गरि १० जनालाई अक्सिजनसहित उपचार भइरहेकोछ ।

डुडुवा गाउँपालिकाको बहुउद्देशी हल सन्तलीयाको आइसोलेसनमा १ जना पुरुषको अक्सिजन सहित उपचार भइरहेकोछ । यहाँ जम्मा ३० बेडमा २३ बेड अक्सिजनसहितके रहेकोछ ।

यसैगरि राप्तीसोनारी गाउँपालिकाको छात्राबास भवन कचनापुरको आइसोलेसनमा २ महिला २ पुरुष गरि ४ जना तथा सेल्टर हाउसमा १ महिला र २ पुरुष गरि ३ जना उपचाररत रहेकाछन् ।

नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको आइसोलेसनमा हालसम्म २ जना पुरुषमात्र उपचाररत रहेकाछन् । हालसम्म कोरोना भाइरस संक्रमणका कारण बाँकेका मात्रै २१७ र बाँके बाहिरका १६४ जना गरि ३८१ जनाको ज्यान गइसकेकोछ ।