देशभर ५ हजार ५५ जनाले कोरोना जित्दा थप २१४ जनाको मृत्यु


देशभर ५ हजार ५५ जनाले कोरोना जित्दा थप २१४ जनाको मृत्यु

File Photo

नेपालगन्ज ३० वैशाख : पछिल्लो २४ घण्टामा देशभर थप पाँच हजार ५५ जनाले कोरोना जितेकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमितले कोरोना जितेका हुन् ।

योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । नेपालमा निको हुने संक्रमितको दर ७४ दशमलब ६ प्रतिशत छ ।

देशभर ५ हजार ५५ जनाले कोरोना जित्दा पछिल्लो २४ घण्टामा देशभर थप २१४ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ । यसअघि हिजो देशभर १६८ जनाको मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९६० जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टीजेन परीक्षणबाट थप ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन् ।

नयाँ संक्रमित थप भएसँगै देशभर एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४९७ जना व्यक्ति क्वारेन्टिनमा छन् ।