आमनागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान दिन्छौं : अध्यक्ष भण्डारी
नेपालगन्ज ३१ बैशाख : नेपालमै पहिलोपटक नेपाल पत्रकार महासंघले एम्बुलेन्से सेवा प्रदान गर्ने भएकोछ । नेपालकै पहिलो पत्रकार महासंघको शाखा नेपाल पत्रकार महासंघ बाँके शाखाले यस्तो सेवा प्रदान गर्न लागेको हो ।
कोरोना भाइरस संक्रमण र यसको रोकथामका लागि कटिबद्ध भएर अघि बढेको बाँके महासंघ शाखाले कार्यसमितिको बैठकबाट यस्तो निर्णय गरेको छ । महासंघ बाँके शाखाको अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा शुक्रबार बसेर कार्यसमितिले केही दिनमै एम्बुलेन्स खरिद गरि सञ्चालन गर्नेछ ।
अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको बैठकले एम्बुलेन्स खरिदका साथसाथै कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा समेत गरेकोछ ।
‘सामान्य अवस्थामा समेत अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । त्यसैले जो कोहीलाई पनि कुनै बेला एम्बुलेन्सको अभाव एवं आवश्यकता महसुस भइरहेको हुन्छ । कोरोना महामारीलाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पत्रकार तथा आमनागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको हो ।’ अध्यक्ष भण्डारीले भने ।
महासंघ बाँकेका अध्यक्ष भण्डारीले असहाय नागरिकको सेवामा एम्बुलेन्स लगाउने बताएका छन् ।
मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ । साथै एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी/गैरसरकारी निकाय सबैलाई नेपाल पत्रकार महासंघ बाँके शाखा सार्वजनिक रुपमा आव्हान गरेको महासंघ सचिव कमल डाँगीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ बाँकेको अनुरोधमा बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिरहनु भएका डाक्टर सुभाष योगी र स्वास्थ्य सामाग्री प्रदान गर्नु हुने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै निरन्तर सहकार्यका लागि अनुरोध गर्दै ईस्लाम धर्मालम्बीहरुको पवित्र पर्व ‘ईद–उल–फित्र’को अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।
यसैबीच, नेपाल पत्रकार महसांघ बाँके शाखाले कोरोना महामारीकाबीच फिल्डमै गएर समाचार रिर्पोटिङ्ग गर्ने पत्रकारहरुलाई आवश्यक मास्क र सेनिटाईजर प्रदान गरेकोछ ।
पत्रकार महासंघ बाँके शाखाको कार्यालयबाट उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । शुक्रबार दिउँसोसम्म बाँकेका एकसय बढि पत्रकारले उक्त स्वास्थ्य सामाग्री बुझेको सचिव डाँगीले बताए । यो कार्य निरन्तर रहने भन्दै आवश्यक पर्नेले महासंघमा आइ उक्त सामाग्री लिन सचिव डाँगीले आग्रह गरे ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं