वडाअध्यक्ष बर्माले ब्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरे


वडाअध्यक्ष बर्माले ब्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरे

नेपालगन्ज ३१ वैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का वडाअध्यक्षलले ब्यक्तिगत लगानीमा अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेकाछन् ।
बढ्दो कोरोना संक्रमणका कारण वडाबासीलाई अस्पताल आउजाउ गर्न सहज बनाउने उद्देश्यले उक्त निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

वडाअध्यक्ष दीपक बर्माका अनुसार व्यक्तिगत खर्चमा सञ्चालनमा ल्याइएको अक्सिजन सहितको एम्बुलेन्सले वडा नम्बर– १८का बासिन्दा सहित नेपालगन्ज उपमहानगर भित्रका सबै संक्रमितलाई आवश्यकता अनुसार सेवा प्रदान गने उद्देश्य रहेकोछ ।

उनले भने–‘होम आइशोलेशनमा रहेका संक्रमित भेटघाट गर्नेक्रममा अधिकांशले एम्बुलेन्स नपाएको गुनासो गरेपछि ब्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको बताए ।’

होम आईशोलेशनमा बसेका संक्रमित अस्पताल जानुपर्दा एम्बुलेन्सले सेवा दिन हिचकिचाउने, फोन रिसिभ नगर्ने तथा सेवा दिन आनाकानी गरेकाले समस्यामा रहेका वडाबासीका लागि उनले यस्तो सेवा सञ्चालन गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

अक्सिजन सहितको निःशुल्क एम्बुलेन्सले शुक्रबार एक संक्रमितलाई अस्पताल पुराएर सेवाको शुभारम्भ गरिएको वडा अध्यक्ष बर्माले जानकारी दिए ।

वडा सदस्य दिग्विजय ढुंगानाका अनुसार वडा अध्यक्ष बर्माले ब्यक्तिगत खर्चमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको सेवा आवश्यक परेमा वडा अध्यक्ष बर्माको मोबाइल नम्बर ९८५८०२४१८७, वडा सदस्य ढुंगानाको मोबाईल नम्बर ९८४८०६५६९७ वा एम्बुलेन्स चालकको ९८००५८६७४१ नम्बरमा सम्पर्क गरि सेवा लिन सकिनेछ ।

वडाअध्यक्ष बर्माले एम्बुलेन्ससंगै वडामा चिकित्सक र आवश्यक औषधि सहतिको घरदैलो कार्यक्रम सञ्चालन गरिरहेकाछन् ।