नेपालगन्ज ३१ वैशाख : नेपालगन्ज उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ ।
कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो ।
उनीहरुका लागि पीसिआर र एन्टिजिन परीक्षण गरिनेछ । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन लागिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार नगरभित्र कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरिएको छ ।
समूहमा रहेका स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोलीसहित शुक्रबार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ ।
सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ अति आवश्यक रहेको बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?