नेपालगन्ज १ जेठ : कोरोनाबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ ।
यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ ।
पुदीना
यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
च्याउ
च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन् । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउनुपर्छ ।
नरिवलको तेल
खाना बनाउनका लागि प्रयोग गरिने तेलहरुको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ । नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ ।
ब्रोकाउली
ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा भिटामिन, एन्टि अक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले यसले शरीरलाई मजबुत बनाउँछ ।
पालक
पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ । पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?