नेपालगन्ज १ जेठ : ईन्सक क्षेत्रीय कार्यालय नेपालगन्जद्वारा अन्जनी माता रसोईलाई खाना खुवाउन एक लाख सहयोग गरेकोछ ।
ईन्सेक क्षेत्रीय संयोजक भोला महतले शनिबार सहयोग स्वरुप उक्त रकम अन्जनी माता रसोईका सञ्चालक विरेन्द्र कुमार सिंहलाई प्रदान गरे ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित र संक्रमित कुरुवाका लागि प्रतिछाक २० रुपैयाँमा खाना खुवाइरहेको रसोईलाई सहयोग प्रदान गरिएको हो ।
कोरोना संक्रमित र विरामी कुरुवालाई मिठो, सफा, ताजा खाना खुवाईरहेको रसोईलाई खाना ब्यवस्थापनको समस्याबाट राहत दिन उक्त सहयोग गरिएको ईन्सेकका संयोजक महतले जानकारी दिए ।

अन्जनी माता रसोईका सञ्चालक विरेन्द्र कुमार सिंहले ईन्सेकद्वारा प्रदान गरिएको उक्त आर्थिक सहयोगले कोरोना विरामी र कुरुवाका लागि खाना खुवाउनमा थप मद्दत पुग्ने भन्दै धन्यबाद समेत दिए ।
सो क्रममा भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश बहादुर थापा, भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, ईन्सेककी सरस्वती मल्ल लगायतको सहभागिता रहेको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?