देशभर ५४५५ ले कोरोना जित्दा ८१६७ थपिए


देशभर ५४५५ ले कोरोना जित्दा ८१६७ थपिए

नेपालगन्ज १ जेठ : नेपालमा थप पाँच हजार ४ सय ५५ जनाले कोरोना जितेकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जनाले कोरोना जितेका हुन् । मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर आठ हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएकोछ । देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन परीक्षण गर्दा थप ८ हजार एक सय ६७ जना संक्रमित थपिएका हुन् । जसमध्ये पीसिआरबाट ८ हजार ४६ र एन्टीजेनबाट एक २१ संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७ सय ४० पुगेको छ । जसमध्ये ६ सय ७५ जना क्वारेन्टिनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप एक सय ८७ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म ४ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।