१० दिन अस्पताल बसेकाको दोस्रो पीसिआर परीक्षण नगरिने


१० दिन अस्पताल बसेकाको दोस्रो पीसिआर परीक्षण नगरिने

नेपालगन्ज १ जेठ : कोरोना संक्रमित भइ उपचारका लागि अस्पताल बसेकालाई दोस्रो पीसिआर परीक्षण नगरिने भएकोछ ।

प्रदेश २ को सप्तरीमा अब १० दिनसम्म अस्पतालमा बसेर उपचार गरेका संक्रमितको तीन दिनसम्म कुनै लक्षण नदेखिए दोस्रो पटक पीसिआर परीक्षण नगरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी, जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका संयोजक, सुरक्षा अधिकारी, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका पदाधिकारीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

बैठकले संघीय सरकारको निर्णय अनुसार १० दिनपछि संक्रमण नसर्ने सम्भावना रहेकाले अस्पतालमा भर्ना भएकालाई १० दिनसम्म उपचार गरेपछि तीन दिनसम्म लक्षण नदेखिएमा होम आइसोलेसनमा पठाउने निर्णय समेत गरेकोछ ।

उनीहरुलाई चिकित्सकको सल्लाह बमोजिम दोस्रो पीसीआर नगरी एक हप्ता होम आइसोलेसनमा बस्ने गरी पठाउने र त्यसको व्यवस्था स्थानीय तहले मिलाउने निर्णय भएको छ । यस्तै, आइसोलेसन र क्वारेन्टिनमा १४ दिनसम्म बसिसकेकालाई दोस्रो पीसिआर नगराइ होम आइसोलेसनमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।