नेपालगन्ज २ जेठ : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका ४ जिल्ला बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएकोछ ।
देशाक ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
पछिल्लोपटक रुकुम पूर्वमा निषेधाज्ञा जारी गरिएको छ । योसंगै देशभर ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएकोछ । जसमध्ये अधिकांशमा जिल्लाभर र केहीमा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको विवरणअनुसार मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा हालसम्म निषेधाज्ञा जारी गरिएको छैन ।
यी जिल्लामा तुलनात्मक रूपमा संक्रमित कम देखिएकाले अहिलेसम्म निषेधाज्ञा जारी नगरिएको हो ।
गृह मन्त्रालयका अनुसार निषेधाज्ञा घोषित जिल्लामध्ये ७० मा पूर्ण र ४ जिल्लामा आंशिक रूपमा लागू छ ।
आंशिक निषेधाज्ञा लागू गरिएका जिल्ला हुन्, काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ ।
यी हुन् निषेधाज्ञा लागु भएका जिल्लाहरु
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ, भोजपुर, मुस्ताङ र रुकुम पूर्व ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी