खाडीका श्रमिकले पठाएको सिलण्डर सरकारलाई हस्तान्तरण


खाडीका श्रमिकले पठाएको सिलण्डर सरकारलाई हस्तान्तरण

नेपालगन्ज २ जेठ : अक्सिजन अभावमा नेपालमा कोरोना भाइरस संक्रमित विरामीको उपचार प्रभावित भएको खबर पाएपछि खाडी मुलुक बाट पठाइएको अक्सिजन सिलण्डर मन्त्रीको जिम्मा लगाइएकोछ ।

खाडी मुलुकमा कमाउन गएका नेपालीले कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजन अभावमा विरामीलाई समास्या परेको भन्दै अक्सिजन सिलण्डर नेपाल पठाएको हो ।
खाडी मुलुकमा कार्यरत श्रमिकले पठाएको ५६६ वटा अक्सिजन सिलण्डर गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई हस्तान्तरण गरेको छ ।

आईतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले मन्त्री हृदयेश त्रिपाठीलाई सो अक्सिजन सिलण्डर हस्तान्तरण गरेका हुन् ।

सो सिलिन्डरहरू सुदूरपश्चिममा १००, कर्णालीमा १००, लुम्बिनीमा २००, प्रदेश २ मा ८५ र गण्डकी प्रदेशमा ७५ वटा वितरण गरिने अध्यक्ष पन्तले बताएका छन् ।
‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप सहायता पनि आउने बताइएको छ । एनआरएनएले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर समेत तत्कालै उपलब्ध गराउने बताइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

शनिबार नेपाल एयरलाइन्सको जहाजमा उक्त अक्सिजन सिलण्डर नेपाल ल्याइएको थियो । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिण्डर अक्सिजन नेपाल ल्याइएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिण्डर ७५ लाख रुपैया बराबरको रहेको छ । ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको थियो ।