बर्दियामा घरदैलोमै पुगेर स्वास्थ्य परामर्श प्रदान


बर्दियामा घरदैलोमै पुगेर स्वास्थ्य परामर्श प्रदान

बर्दिया २ जेठ : कोरोना संक्रमित विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न यतिबेला बर्दियामा घरदैलो भेटघाट तिव्र पारिएकोछ । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई घरदैलो भेटघाट गर्दै स्वास्थ्य परामर्श दिनुका साथै औषधी समेत वितरण गरिएको छ ।

कोभिड–१९ बबट संक्रमित भई होम आइसोलेसनमा बसेका संक्रमितहरुको मनोबल उच्च राख्न र स्वास्थ्य परामर्श दिनका लागी बर्दियाको बारबर्दिया नगरपालिकाले डाक्टर सहितको टोली संक्रमितको घरदैलो मै पुगी सेवा प्रदान गरिरहेको हो ।

बारबर्दिया नगरपालिका क्षेत्रमा एक सय ८५ जना होम आइसोलेसनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था बुझि स्वास्थ्य परामर्श गरिएको डाक्टर रोशन सापकोटाले बताए ।

होम आइसोलेसनमा बसेकाहरु मध्ये केहिमा रुघाखोकी तथा सामान्य ज्वरो देखिएको हुँदा सो सम्बन्धि औषधि समेत प्रदान गरिएको छ । यसरी संक्रमित भइ घरमै आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

नगर प्रमुख दुर्गाबहादुर थारु, प्रमुख प्रसाशकीय अधिकृत दशरथ बुढा, डाक्टर रोशन सापकोटा लगायत जनप्रतिनिधिको टोलीले संक्रमितको घर आँगनमा पुगी संक्रमितको मनोबल उच्च राख्न आग्रह गर्दै स्वास्थ्य परामर्श प्रदान गरिएको बारबर्दिया नगरपालिका जन स्वस्थ्य निरीक्षक डिल्लीराज शर्माले जानकारी दिए ।

कोभिड–१९ को दोस्रो लहरले यतिबेला बारबर्दिया नगरपालिकाको आरसी थारु मेमोरियल नगर अस्पतालमा २० बेडको कोभिड अस्थाई अस्पताल सञ्चालनमा रहेकोछ । अहिले सो अस्पतालमा ११ जनालाई राखिएको र ती सबै संक्रमितलाई अक्सिजनसहितको स्वास्थ्य प्रदान गरिएकोछ ।