File Photo
नेपालगन्ज २ जेठ : अहिले सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीले सरकारको सम्पूर्ण शक्ति कोभिड १९ विरुद्धको लडाईं खर्चिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली यससँग सम्बन्धित बैठक र छलफलमा सहभागी बन्दै आएका छन् ।
देशमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला बोलाइएको सीसीएमसी बैठकले महामारी नियन्त्रण तथा रोकथाममा थप निर्णयहरु गर्ने बुझिएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवालासँग कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामबारे छलफल गरेका थिए ।
यसैबीच, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक लम्बिँदा प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच १ बजे हुने भनेको भेटवार्ता केही पर धकेलिएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?