कोभिड विरुद्धको खोप लगाउन संसद भवनमा तनाव, खोप लगाउन रोकियो


कोभिड विरुद्धको खोप लगाउन संसद भवनमा तनाव, खोप लगाउन रोकियो

नेपालगन्ज २ जेठ : कोरोना विरुद्धको दोश्रो चरणको खोप लगाउने विषयमा संघीय संसद भवन नयाँ बानेश्वरमा तनाव भएको छ ।

संघीय संसद सचिवालयको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने सिलसिलामा तनाव उत्पन्न भएको हो ।

संघीय संसदका सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका लागि राखिएको खोप कार्यक्रममा अन्य सरकारी निकायका कर्मचारी तथा उनीहरूका आफन्तहरू समेत खोप लगाउन आएपछि विवाद उत्पन्न भएपछि यतिबेला खोप लगाउने कार्य रोकिएकोछ ।

खोप संख्याभन्दा उल्लेख्य रूपमा भीड बढेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन रोकेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

संसद सचिवालयले आजका लागि ८ सय डोज खोप मागेको भएपनि ३ सय डोज खोप मात्र ल्याइएको जनाइएको छ । सो ल्याएको खोप समेत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका कर्मचारीले लगाउन मानिरहेका छैनन् ।

बिहानैदेखि लाइन बसेका व्यक्तिहरूले खोप लगाउन नपाएपछि आक्रोशित बनेका छन् । संसद सचिवालयले २ दिन अघिदेखि सांसद कर्मचारी तथा मर्यादापालक तथा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि दोश्रो डोजको खोप लगाउने कार्यक्रम राखेको थियो ।