नेपालगन्ज २ जेठ : चीनको बेइजिङ्गबा ५५० अक्सिजन सिलण्डर लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काडमाडौं आइपुगेको छ । हिजो राति चीनको बेइजिङ गएको जहाजले खालि अक्सिजन सिलण्डर ल्याएको हो ।
नेपालमा कोभिड महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै चीनले नेपाललाई २० हजार खाली अक्सिजन सिलण्डर दिने घोषणा गरेको थियो । चीनले दिएको २० हजारमा १८ हजार स्थलमार्गबाट आउँदै छ भने २ हजार नेपाल एयरलाइन्सले ल्याउँदै छ ।
गत मंगलबार चीनबाट ४५० अक्सिजन सिलण्डर ल्याएको नेपाल एयरलाइन्सले आज ५५० सिलिन्डर ल्याएको हो । नेपाल वायुसेवा निगमका अनुसार सोमबार र मंगलबार पनि चीनको बेइजिङबाट खाली अक्सिजन सिलण्डर ल्याउनेछ ।
अहिले बेइजिङबाट आएको बाइडबडी आज राति नै ११ बजे फेरि बेइजिङ जाने र बाँकी सिलण्डर ल्याउनेछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?