नेपालगन्ज २ जेठ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ३ सय ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४ सय ३९ जनाको पीसिआर र ३ सय ४४ जनाको एन्टीजेन परीक्षणमा थप सात हजार ३ सय ६८ जनालाई संक्रमण पुष्टि भएको हो ।
यसरी कोरोना संक्रमित देखिनेमा पीसिआर विधिबाट सात हजार ३ सय १६ र एन्टीजेन परीक्षणबा ५३ जना रहेकाछन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ ।
देशभर ७०१ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर १४५ जना संक्रमितको निधन भएको छ।
यसैगरि देशभर पछिल्लो २४ घण्टामा १ सय ४५ जना संक्रमितको मृत्यु भएको छ । योसंगै देशमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर एक हजार ६ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।
देशभर एक हजार ३ सय १३ आइसीयू र ३८० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि शनिबार १ हजार ७ सय १ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?