नेपालगन्ज २ जेठ : भेरी अस्पताल विकास समितिलाई कोभिड–१९ नियन्त्रणका लागि ९० हजार नगद सहयोग प्रदान गरिएको छ ।
कोभिड– १९ का बिरामीहरुका लागि अक्सिजन खरिद गर्ने उद्देश्यले नेपालीज अमेरिकन च्याम्बर अफ कमर्श डल्लास, टेक्सस र टेक्सस नेपालीज मेडिकल एशोसियसनको सहयोगमा बास नेपाल नेपालगन्जले उक्त रकम प्रदान गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल, भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश बहादुर थापालाई बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्वतमान अध्यक्ष मन भण्डारी र निर्देशक हेमराज भट्टले ९० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहण पश्चात बोल्दै अस्पताल विकास समितिका अध्यक्ष धितालले महामारिका बेला भएको सहयोगले अस्पताललाई काम गर्ने उर्जा थपेको बताए । भेरी अस्पतालमा आउने कुनै पनि विरामी बेडकको अभावमा फर्किनु नपर्ने गरी काम गरिरहेको बताए ।
उनले भोलिका दिनमा आउने जोखिमका लागि समेत अस्पताल तयारीमा रहेको भन्दै कोभिडको पहिलो चरण र अहिले दोश्रो चरणमा बासले गरेको सहयोगले निकै सहयोग पुगेको बताए ।
कार्यक्रममा बोल्दै भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश बहादुर थापाले अहिले कोभिडको जटिल अवस्थामा बासले गरेको सहयोग र सहकार्यका लागि धन्यबाद ज्ञापन गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले अस्पताललाई आईपर्ने सहयोगमा बासले सक्दो सहयोग गर्ने बताएका थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?