नेपालगन्ज २ जेठ : नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्य सहायता कक्ष उद्घाटन भएको छ ।
कोभिड–१९ का बिरामीहरुको सहयोगार्थ नेपलीज अमेरिकन च्याम्बर अफ कमर्श डल्लास, टेक्सस र टेक्सस नेपलीज मेडिकल एशोसियसनको सहयोग, डिसिसिएमसि बाँके र भेरी अस्पतालको समन्वय तथा बास नेपालको व्यवस्थापनमा सो स्वास्थ्य डेस्क सञ्चालन गरिएको हो ।
भेरी अस्पतालको आकस्मिक कक्ष अगाडी स्थापना गरिएको स्वास्थ्य डेस्कको आईतबार एक कार्यक्रमका बिच भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल र भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश बहादुर थापाले उद्घाटन गरे ।
स्वास्थ्य डेस्कको उद्घाटन भएसँगै आईतबारबाट नै डेस्कबाट सेवा प्रारम्भ गरिएको छ । कोभिड–१९ का बिरामीहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको डेस्कबाट कोभिडका बारेमा जानकारीहरु प्रदान गर्ने, बिरामी र अस्पतालका बिचमा आवश्यक समन्वय गर्ने, बिरामिहरुलाई भर्ना तथा अन्य सहयोगमा समन्वय गर्ने, औषधि तथा अन्य चेकजाँचमा समन्वय गर्ने लगायतका कामहरुको उक्त डेस्कबाट सेवा प्रदान गरिनेछ । यसरी सञ्चालन गरिएको डेस्कमा बासले एक जना हेल्थ असिष्टेन्ट र एक जना अनमी गरी दुई जना कर्मचारी नियुक्त गरेको छ ।
स्वास्थ्य डेस्क उद्घाटन कार्यक्रममा भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल, भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश बहादुर थापा, भेरी अस्पतालका कोभिड फोकल पर्सन डाक्टर संकेत रिसाल, जिल्ला विपत व्यवस्थापन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवाली, बासका कार्यकारी निर्देशक नमस्कार शाह, बासका निर्वतमान अध्यक्ष मन भण्डारी र जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाह लगायतको उपस्थिती रहेको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?