नेपालगन्ज २ जेठ : कोरोना संक्रमित विरामीका आफन्तसँग अक्सिजन नमाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकोछ ।
आईतबारको प्रेस ब्रिफिङ्गमा मन्त्रालयले कोभिड संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना हुन आउने बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको हो ।
पछिल्लो हप्तादेखि केही निजी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामीका आफन्तलाई आफैं अक्सिजनको व्यवस्थापन गर्न लगाउने गरेका छन् ।
केही अस्पतालले अक्सिजन आफैं ल्याएर नआए भर्ना भएका बिरामीलाई डिस्चार्ज गरिने भनेर समेत भन्ने गरेको बिरामीका आफन्तहरुले गुनासो गर्दै आएका छन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भएकाले बिरामीका आफन्तलाई बोकेर ल्याउन भनेर नभन्न आग्रह गरे ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुहोस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?