नेपालगन्ज ३ जेठ : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ६७ जना कोरोना संक्रमित निको भएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६ सय ५३ जनाको पीसिआर र ४ सय ३४ जनाको एन्टीजेन परीक्षण गर्दा थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसिआरबाट ९ हजार १ सय ९८ र एन्टीजेन परीक्षणमा ४९ जना संक्रमित पुष्टि भएका हुन् ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । देशभर ७०८ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ सय १४ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै मन्त्रालयका अनुसार देशभर हाल एक हजार ६ सय ५९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । एक हजार २ सय ५९ जना आइसीयू र ४ सय जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि आईतबार एक हजार ६ सय ९३ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?